Sat. Jul 27th, 2024

बागमति प्रदेश सहित देशका विभिन्न स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना

काठमाडौ

मौसमविद्का अनुसार हाल नेपालको मौसममा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली, अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव छ।

नेपालमा एकसाथ तीन वटा मौसम प्रणालीको प्रभाव कायम रहेकाले देशका विभिन्न स्थानमा मौसम बदली, वर्षा, हिमपात तथा चिसो बढ्ने क्रम जारी रहेको मौसमविद्ले बताएका छन्।

यी प्रणालीका कारण बुधबार साँझबाट सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम , कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना छ।

काठमाडौं उपत्यकामा यो प्रणालीको असर आज बिहीबारबाट देखिएको छ।

‘बिहीबार रातिदेखि काठमाडौंको मौसम बदली हुने देखिएको भने पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा पनि हुन सक्छ,’ महाशाखाका मौसमविद् सजिना शाक्यले भनिन्।

उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममा समेत गिरावट आई चिसो बढ्ने महाशाखाले जनाएको छ।

About The Author

Loading...

अन्य समाचारहरु: