
काठमाडौं
छविराज ओझालाई नेपाली चलचित्रको ‘बाघ’ निर्माता भनिन्छ । नेपाली चलचित्रमा हिट कलाकार जन्माउने मात्र होइन, हिट चलचित्र दिने कुरामा पनि उनी अगाडि छन् ।
विगत केही वर्षदेखि पारिवारिक समस्यामा अल्झिएका कारण उनी चलचित्र निर्माणबाट टाढा रहे । तर चार वर्षपछि भने छवि नयाँ चलचित्र निर्माणको तयारीमा जुटेका छन् ।
यो चलचित्रको प्रि–प्रोडक्सनको काम आठ महिनादेखि चलिरहेको छ । चलचित्रलाई नवनिर्देशक नवराज शर्माले निर्देशन गर्दैछन् । नवराज लामो समयदेखि नेपाली चलचित्रमा सहनिर्देशकको रुपमा काम गरिरहेका छन् ।
छविले भने, ‘चलचित्र क्षेत्र समस्यामा परेको समयमा हामी अगाडि नआए को आउँछ र यसैले यो विषम परिस्थितिमा चलचित्र बनाएर यो क्षेत्रलाई चलायमान बनाउन खोजेको हुँ । तर, यसपटक चलचित्रको बोस म होइन, निर्देशक शर्मा हुन् । मैले पैसा मात्र लगानी गर्ने हो ।’