Sat. Jul 27th, 2024

रोनाल्डो बने ८ सय बढी गोल गर्ने पहिलो खेलाडी

काठमाडौ –

क्रिस्टियानो रोनाल्डो शीर्षस्तरको खेलमा ८ सय बढी गोल गर्ने पहिलो खेलाडी बनेका छन्। बिहीबार राति भएको खेलमा म्यान्चेस्टरका लागि २ गोल गर्दै ८ सय गोल कटाएका हुन्।

बिहीबार भएको प्रिमियर लिगमा रोनाल्डोले २ गोल गर्दै म्यान्चेस्टरलाई आर्सनलविरुद्ध ३–२ को जित दिलाएका छन्। योसँगै उनले १ हजार ९७ खेलबाट ८०१ गोल पुयाएका छन्।

उनले म्यान्चेस्टरका लागि १३०, स्पोर्टिङ लिस्बोनका लागि ५, रियल मड्रिडका लागि ४५० तथा युभेन्टसका लागि १०१ गोल गरेका छन्। त्यस्तै पोर्चुगलका लागि ११५ गोल गरेका छन्।

रोनाल्डो अन्तर्राष्ट्रिय पुरुष फुटबलका उच्च गोलकर्ता हुन्। त्यस्तै च्याम्पियन्स लिग र रियल मड्रिडका पनि अल टाइम उच्च गोलकर्ता हुन्।

About The Author

Loading...

अन्य समाचारहरु: