Sat. Jul 27th, 2024

राप्रपा एकता महाधिवेशन : उम्मेदवारी दर्ता जारी

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी को नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता जारी छ। उम्मेदवारी दर्तापछि अन्तिम नामावली प्रकाशनलगायतका काम हुने निर्वाचन समितिले जनाएको छ।

बिहीबार मतदाताको नामावली र निर्वाचन तालिका प्रकाशन गरेको भएपनि केही जिल्लाका प्रतिनिधि ९मतदाता नामावली० विवाद नटुंगिएका कारण ढिलाइ भएको हो। राप्रपाको यो महाधिवेशनमा ४ हजार ४ सय मतदाता रहनेछन्।

राप्रपाको नेतृत्वका लागि अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्। दुवैले ४ उपाध्यक्ष र ३ महामन्त्रीसहितको प्यानल बनाएका छन्। थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, रोशन कार्की, ध्रुवबहादुर प्रधान तथा महामन्त्रीमा भाष्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाही उम्मेदवार बन्नेछन्।

यस्तै लिङ्देन प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ तथा महामन्त्रीमा डा. धवलशमशेर राणा, श्याम तिमिल्सिना र रेखा थापाले उम्मेदवारी दिने भएका छन्।

नेता विक्रम पाण्डे दुवै समूहको तानातानमा परेका छन्। थापा र लिङ्देन दुवैले उपाध्यक्षमा पाण्डेको नाम राखेका छन्। निर्माण व्यवसायीसमेत रहेका पाण्डेले आफू कुन समूहमा हो भन्ने खुलाएका छैनन्।

About The Author

Loading...

अन्य समाचारहरु: