Sat. Jul 27th, 2024

यातायात क्षेत्रको समस्या छिट्टै समाधान हुन्छ: मुख्यमन्त्री पाण्डे

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले यातायात क्षेत्रमा भएका समस्या समाधानको काम सुरु भएको बताएका छन् ।

सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालको केन्द्रिय अध्यक्ष र पदाधिकारी सहितको प्रतिनिधिमण्डलले बुझाएको मागपत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यातायात क्षेत्रमा भएका समस्या समाधानको लागि प्रदेश सरकारले काम थालिसकेको बताएका हुन् । प्रतिनिधिमण्डलले मुख्यमन्त्रीलाई निवासमै भेटघाट गरेर यातायात क्षेत्रको समस्या समाधानको लागि १३ बुँदे मागपत्र पेश गरेका थिए ।

छलफलको क्रममा मुख्यमन्त्री पाण्डेले यातायात क्षेत्रको कानुनी र  नीतिगत समस्या, यातायात व्यवस्थापन प्रणाली, चालक अनुमती पत्र वितरण प्रणाली, सडक संरचनाको सुधार र विस्तार जस्ता क्षेत्रमा देखिएका समस्या केही महिनामै जनताले अनुभूत गर्ने प्रकारको परिवर्तन देखिने जानकारी गराए ।

सार्वजनिक यातायात क्षेत्रमा भएको समस्या समाधानका लागि निर्णय गरिने प्रतिवद्धता व्यक्त गर्दै मुख्यमन्त्री पाण्डेले आगामी मंसिर २४ गतेको लागि  बैठक बोलाउन प्रमूख सचिवलाई निर्देशन दिएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: