Sat. Jul 27th, 2024

विदाईसंगैको सम्मानले वेनिघाटका स्वयंसेविकामा खुसियाली

धादिङ– वेनिघाट रोराङ गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानसहित विदाई गरेको छ । ६० वर्ष उमेर नाघेका र विभिन्न कारण समय व्यवस्थापन गर्न नसकेका स्वयंसेविहरुलाई नगद र प्रमाणपत्रसहित सम्मान गरि विदाई गरेको हो ।

संघीय सरकारको २० हजार र गाउँपालिको ३१ हजार गरी ५१ हजार नगदसहित सम्मान गरिएको गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले बताए । पालिकाका विभिन्न वडा र वस्तीहरुमा सेवा प्रदान गर्दै आएका १३ जनालाई विदाई गरेपछि विदाई भएका वस्तीहरुबाटै १३ जना नयाँ स्वयंसेविका थप गरिएको पनि अध्यक्ष डल्लाकोटीले बताए । गाउँवस्ती घुम्दाघुम्दै वर्षाै विताएर विदाई हुने बेलामा नगदसहित सरकारले सम्मान गर्दा बृद्धा भइसकेका स्वयंसेविकाहरु खुसी भएका छन् ।

स्वयंसेविकाहरुले परिवार नियोजनबारे चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धि रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन् । नेपालमा आर्थिक वर्ष २०४५÷४६ देखि सुरु भएको महिला स्वास्थ्य स्वयंसेविका विशुद्ध स्वयंसेवक कार्यक्रम हो । आधारभूत स्वास्थ्य सेवालाई जनताको घरदैलोमै पु¥याउने उद्देश्य अनुरुप नेपालमा स्वास्थ्य स्वयंसेवक कार्यक्रमको सूत्रपात भएको हो ।

यो कार्यक्रममा हरेक वडामा स्थायी बसोबास गरिरहेका महिलाको आमा समूह गठन हुन्छ । सोही समूहबाट छनोट हुने २५ वर्ष उमेर नाघेका, गर्भवती र सुत्केरी स्थानीय वडाबासी महिला स्वास्थ्य स्वयंसेविका वार्ड स्वास्थ्य कार्यक्रममा परिचालित हुन्छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: