Sat. Jul 27th, 2024

पलेसालाई स्वर्ण

काठमाडौ –

बहराइनको मानमामा आयोजना भएको एसियन युथ पारा गेम्समा तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धनले स्वर्ण पदक जितेकी छन्।

के–४४ विधाको ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी पलेसाले फाइनलमा इरानी खेलाडी इब्राहिमी रोजालाई ६–० ले पराजित गर्दै स्वर्ण जितेकी हुन्। टोकियो पारा ओलम्पियन पलेसाले बाई पाउँदै फाइनलमा स्थान बनाएकी थिइन्।

यसैगरी सिर्जना घिसिङले रजत र विशाल गर्बुजाले कांस्य पदक जिते। के–४४ कै ५२ केजीमुनि प्रतिस्पर्धा गरेकी सिर्जना फाइनलमा इरानी खेलाडीसँग पराजित भएकी थिइन्।

एकपक्षीय खेलमा इरानी खेलाडी घनबारीकोमिसानीसँग उनी १८–० ले पराजित भएकी थिइन्। यसैगरी पुरुषको ५८ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गरेका विशाल सेमिफाइनलमा उज्वेकिस्तानका खेलाडीसँग पराजित भएका थिए।

पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका विशाल उज्वेकिस्तानका सोनाजारोभ कुद्राटिलोसँग ३२–६ ले पराजित भएका थिए।

About The Author

Loading...

अन्य समाचारहरु: