Sat. Jul 27th, 2024

कोरोना भाइरस विरुद्धको खोपले ओमिक्रोन विरुद्धको काम गर्ने : डब्ल्यूएचओ

काठमाडौ – अहिले प्रयोगमा रहेका कोरोना भाइरस विरुद्धको खोपले ओमिक्रोन भेरियन्टका विरुद्धमा पनि काम गर्ने देखिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

दक्षिण अफ्रिकामा फाइजर खोपको ओमिक्रोनमा रहेको प्रभावकारितालाई लिएर गरिएको प्रयोगशाला परीक्षणपछि डब्लुएचओले अहिले प्रयोग भैरहेका खोपले ओमिक्रोनविरुद्ध पनि काम गर्ने देखिएको जनाएको हो ।

अहिलेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी पर्न नदिने डब्ल्यूएचओका आपतकालीन निर्देशक डाक्टर माइक रायनले बताउनुभएको बीबीसीले जनाएको छ ।

डब्ल्यूएचओका डा रायनले अहिले प्रयोगमा रहेका कोरोना विरुद्धका खोपहरु प्रभावकारी रहेका र ति खोपले सबै भेरियन्टका सङ्क्रमितलाई गम्भीर बिरामी र अस्पताल भर्ना हुने अवस्था आउन नदिन सक्षम रहेको प्रमाणित गरेको भन्दै ओमिक्रोनविरुद्ध पनि खोप प्रभावकारी देखिएका बताउनुभएको छ ।

यस अघि ओमिक्रोनले अहिलेका खोप छल्न सक्ने विवरण आएपछि चिन्ता व्यक्त गरिएको थियो

About The Author

Loading...

अन्य समाचारहरु: