Sat. Jul 27th, 2024

ओली सुध्रिने सम्भावना नदेखेर नै विद्रोहमा पुग्यौं: नेपाल

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेलाई केपी ओलीले प्राइभेट कम्पनी बनाएको बताएका छन्। नेता नेपालले एमाले अध्यक्ष ओली सुध्रिने सम्भावना नदेखेर नै आफूहरुले विद्रोह गरेको बताए ।

ओलीले कम्युनिष्ट आन्दोलन नै संकटमा पारेको पनि उनले बताए। ‘कम्युनिष्ट आन्दोलन बचाउन एमालेभित्रका सच्चा कम्युनिष्ट ओलीको भ्रमबाट मुक्त हुनुपर्छ’ नेपालले भने ।

नेता नेपालले चितवन महाधिवेशनले आफूहरूको विद्रोहको औचित्य पुष्टि गरेको बताए। ‘चितवनमा तमासा देख्नुभयो नि, त्यसले नै पुष्टि गरिहाल्यो नि हामीले विद्रोह किन गर्नुपरेको रहेछ भनेर’, उनले भने।

अध्यक्ष नेपालले पाँचदलीय गठबन्धन राष्ट्रियसभा चुनाव र उपनिर्वाचनसम्म कायम रहने बताउँदै स्थानीय चुनाव वैशाखमा गर्ने वा तीनै तहको चुनाव एकैपटक गर्ने भन्ने विषयमा दलहरुबीच छलफल गरेर निष्कर्षमा पुग्ने बताए।

कांग्रेसको महाधिवेशनपछि सरकारका कामले गति लिने भन्दै नेता नेपालले आफ्ना मन्त्रीहरूलाई गर्न सकिने काममा मात्र केन्द्रित भई जनताले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिएको बताए। ‘कामका लामा सूची बनाएर नबस्नुस्, जे सकिन्छ, त्यही गर्नुस्’, उनले भने।

About The Author

Loading...

अन्य समाचारहरु: