Sat. Jul 27th, 2024

दोस्रो चरणमा आफूले जित्ने शेखरको दाबी, देउवालाई प्रकाशमानको समर्थन

काठमाडौं– सभापतिका उम्मेदवार शेखर कोइरालाले दोस्रो चरणको निर्वाचन जित्ने दाबी गरेका छन्। बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले दोस्रो चरणमा स्वास्थ प्रतिस्पर्धा गर्ने बताए। 

यो नेपाली कांग्रेसको आन्तरिक प्रतिस्पर्धा भएको भन्दै कार्यकर्तालाई संयमित हुनसमेत उनले आग्रह गरे। प्रतिस्पर्धा भन्ने अर्को कुरा भएकाले वरिष्ठ नेताहरुलाई सम्मान देखाउनसमेत उनले आग्रह गरे। ‘यो आन्तरिक लोकतन्त्र हो। उहाँहरु (देउवा र पौडेल) हाम्रा सम्मानित नेता हुनुहुन्छ,’ उनले भने, ‘दोस्रो चरणमा स्वस्थ प्रतिस्पर्धा गर्छौं, हाम्रो कसैसँग द्वन्द्व छैन।’ 

कांग्रेस नेता प्रकाशमान सिंहले दोस्रो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई सघाउने निर्णय गरेका छन् । पहिलो चरणको निर्वाचनमा तेस्रो स्थानमा रहेर प्रतिष्पर्धाबाट बाहिरिएका सिंहले देउवालाई साथ दिने निर्णय गरेका हुन् ।

आज बिहान चाक्सीबारीमा भएको देउवा-सिंह भेटवार्तामा यस्तो सहमति भएको हो । दुवै नेताबीच लिखित सहमति भएको छ। उच्च जानकार स्रोतले बताएअनुसार देउवाले सिंहलाई सरकारमा लैजाने र आगामी महाधिवेशनमा सभापति बनाउने लिखित प्रतिवद्धता जनाएपछि सहमति जुटेको हो ।

About The Author

Loading...

अन्य समाचारहरु: