Sat. Jul 27th, 2024

कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचन दिउँसो ३ः३० बाट

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

पहिलो निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुन मतदान गराउने व्यवस्थाअनुसार निर्वाचन समितिले दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।

कार्यतालिका अनुसार मंगलबार दिउँसो ३ः३० बजेदेखि निर्वाचन सुरु हुनेछ। निर्वाचन साँझ ७ः३० बजेसम्म चल्ने समितिले जनाएको छ।

पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवाले २२५८,शेखर कोइरालाले १७०२,प्रकाशमान सिंहले ३७१,विमलेन्द्र निधिले २५० र कल्याणकुमार गुरुङले २२ मत ल्याएका थिए।

खसेको मतमध्ये ७६ मत वदर भएको थियो।

About The Author

Loading...

अन्य समाचारहरु: