
काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको कप्तानीबाट ज्ञानेन्द्र मल्ललाई बर्खास्त गरेको छ । टिमका प्रमुख चार खेलाडीहरु क्यानको कारवाहीमा परेका छन् ।
उपकप्तान दिपेन्द्र ऐरीलाई पनि पदमुक्त गरिएको छ । ज्ञानेन्द्र र दिपेन्द्रका साथै सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सुरुको ६ महिनासम्म सेन्ट्रल कन्ट्राक्टबाट बाहिर राख्ने क्यानले निर्णय गरेको हो । उनीहरुले जनवरीदेखि मे महिनासम्मको पारिश्रमिकबाट वञ्चित हुनेछन् ।
आचारसंहित उल्लंघनका आरोपमा क्यानले यस्तो निर्णय गरेको बताइएको छ । नेपालले महत्वपूर्ण प्रतियोगिताहरु खेल्नुपर्ने बेलामा यसरी कारवाही गर्दा समस्या उत्पन्न हुने भन्दै बोर्डका केही सदस्यले असहमति जनाएका छन् ।
युवा स्टार सन्दिप लामिछाने कप्तान नियुक्त भएका छन् । सन्दिप अहिले अष्ट्रेलियामा बिग ब्यास लिग खेल्न व्यस्त छन् ।