Sat. Jul 27th, 2024

७२ हजार भूकम्पपीडितको अनुदान रोक

काठमाडौँ — सरकारबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाएको कार्यावधि आगामी पुस १० मा सकिँदै छ । कार्यावधिको अन्तिमतिर प्राधिकरणले गत मंसिर २१–२३ सम्म काठमाडौंमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्‍यो र पुनर्निर्माणको प्रगति प्रस्तुत गर्‍यो । पुनर्निर्माणको काम नसकिँदै जिम्मेवारी हस्तान्तरण र प्रगति सुनाउन प्राधिकरण लागिपर्दा भूकम्पपीडित भने सबै प्रक्रिया पूरा गरेर पनि अनुदान रकम नपाएको दुःखेसो सुनाउन वडादेखि केन्द्र धाइरहेका छन् ।

ऋण गरेर घर ठड्याएका पीडितले गत साउनदेखि किस्ता रकम पाएका छैनन् । पहिलो, दोस्रो र तेस्रो किस्ता नपाउनेको संख्या ७२ हजार ७ सय ३ छ । यसैमध्येमा पर्छन्, धादिङको नीलकण्ठ नगरपालिका–३ सिरानबजारका ६३ वर्षीय तेजबहादुर भण्डारी ।

वडा कार्यालयले भूकम्प प्रभावितको सूचीमा नाम परेको भन्दै उनलाई घर बनाउन सुझाव दिए । गत साउनमा निर्माण सके । तर दोस्रो र तेस्रो किस्ताको रकम अहिलेसम्म पाउन सकेका छैनन् । ‘वडा कार्यालयमार्फत जिल्लामा रकम आएरनआएको बारे बुझ्न लगाएँ, तर रकम आएकै रैनछ,’ उनले भने, ‘त्यसपछि काठमाडौंमै बुझ्न आएको हुँ ।

भवन निर्माण विभाग जाँदा पुनर्निर्माण प्राधिकरण जानू भन्छन् । प्राधिकरण जाँदा सबै काम भवन विभागबाट हुन्छ भन्दै फर्काइदिन्छन् ।’ अनुदान रकमबारे बुझ्न काठमाडौं आएका उनले मंगलबार र बुधबार दिनभर विभाग र प्राधिकरण धाउँदैमा बिताए । तर उनको प्रश्नको जवाफ कतैबाट मिलेन ।

‘साढे २ लाख रुपैयाँ लिनु छ । घर बनाएको प्रमाणको रूपमा फोटो, रातो किताब, वडा कार्यालयको सिफारिस बोकेर आउँदा पनि रकम पाउनेरनपाउनेबारे केही थाहा पाउन सकिनँ,’ उनले निराशा पोखे, ‘वाक्करदिक्क भएँ । अब यही रकमबारे बुझ्न फेरि को काठमाडौं आउँछ र रु’ सुरुमा उनको नाम पूर्ण लाभग्राही सूचीमा थिएन ।

About The Author

Loading...

अन्य समाचारहरु: