
काठमाडौ – नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ‘३००औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस’ भव्यरूपमा मनाउने तयारी गरेको छ।
प्रधानसेनापति प्रभुराम शर्माले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा पुस २७ गते सैनिक मुख्यालय जङ्गीअड्डास्थित नेपाली सेनाका संस्थापक प्रथम सेनापतिको शालिकमा माल्यार्पण, सलामी र सम्मान अर्पण गर्नेछन्।
सेनाले मुलुक एकीकरणका अभियन्ता सम्मानमा एकता दिवसका अवसरमा यस वर्ष दिव्योपदेश प्रवचन, नालापानी चलचित्र प्रदर्शनी तथा कविता, हाजिरी जवाफ, चित्रकला र लेख÷रचना प्रतियोगिता आयोजना गर्न लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले विसं १७९९ चैत २५ गते राजा भएसँगै नेपाल एकीकरण अभियान सुरु गरेका थिए।