![](https://www.pabilnews.com/wp-content/uploads/2021/12/received_3002402280023613.jpeg)
धादिङ– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे माओवादीसंगको एकताले एमालेमा फुट आएको बताएका छन् । पार्टीभित्रको निर्वाचनले पार्टी फुटेको भन्ने तर्कमा सत्यता नरहेको पाण्डेले बताए ।
प्रेस चौतारी नेपाल धादिङको ९औँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता पाण्डेले राजनीतिक दलमा नयाँ सोचको खाँचो रहेको बताएका छन् । सत्तामा रहेका राजनीतिक दलहरुबीचको गठबन्धन अब धेरै समय नटिक्ने उनले बताए ।
बालकलाई शिक्षा र बिरामीलाई उपचारसंगै बुढेसकालमा हेरचाह समाजवादको आधार रहेको भन्दै पाण्डेले किताब अध्ययनले मात्रै समाजवादको अर्थ सिद्ध गर्न नसकिने तर्क गरे ।
पुर्व अर्थमन्त्री समेत रहेका पाण्डेले खेती प्रणालीमा परिवर्तनको आवश्यकता रहेको बताए । कुन ठाउँमा के बाली लगाउने हो एकिन गरेर खेती गर्न सके कृषि पेसा व्यवसायिक बन्ने र देशमा आर्थिक क्रान्ति गर्न सकिने बताए ।