Fri. Jul 4th, 2025

ओमिक्रोन आतंक: विदेशबाट नेपाल आउनेले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

काठमाडौं– कोराना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएका देशबाट नेपाल आउनेले अनिवार्य सात दिन क्वारेन्टिन बस्नुपर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागले सूचना जारी गर्दै नेपाल आउनेले अनिवार्य  क्वारेन्टिन बस्नुपर्ने मापदण्ड बनाएको हो ।

छिमेकी भारतसहित एसियाली देशहरूमा पनि ओमिक्रोन फैलिँदै गएकाले कडाइ गरिएको विभागका निर्देशक मुकेशकुमार केसीले बताए । जारी सूचनामा होटल क्वारेन्टिनमा बस्दा लाग्ने खर्च स्वयम्र व्यक्तिले व्यहोर्नु पर्नेछ । मंसिर १३ गतेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोन संक्रमण भएका देशबाट नेपाल आउँदा कडाइ गर्ने निर्णय गरेको थियो ।

अध्यागमनको सूचीमा अमेरिका, बेलायत, क्यानडा, स्पेन, इटाली, डेनमार्क, अस्ट्रिया, बेल्जियम, साइप्रस, फ्रान्स, जर्मनी, ग्रिस, नेदरल्यान्ड्स, नर्वे, पोल्यान्ड, पोर्चुगल, रसिया, सिंगापुर, स्विट्जरल्यान्ड, टर्की, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया र माल्दिभ्सलगायत देश छन् ।

अफ्रिकी देशका नागरिकलाई यसअघि नै सरकारले अनअराइभल भिसामा रोक लगाइसकेको छ ।

About The Author

अन्य समाचारहरु: