
धादिङ– बिहानको समयमा हुसु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढेको छ ।
केही दिनदेखि चिसो बढ्ने क्रममा रहेको मौसम विभागले जनाएको छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
सोमबारबार काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ। धादिङबेसी आसपासको तापक्रम पनि ११ डिग्रीसम्म झरेको छ ।
काठमाडौं र धादिङसँगै देशका अन्य ठाउँमा पनि चिसो बढेको छ। सोमबार बिहान जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ। यस्तै जोमसोम र जिरीको तापक्रम माइनस २.७ डिग्री पुगेको छ।
तराइका जिल्लाहरूमा हुस्सु/कुहिरोसहित चिसो अत्याधिक बढ्दो क्रममा रहेको बिभागले जनाएको छ ।