Wed. May 14th, 2025

हास्य कलाकार जीतु नेपालले फेरि कमेडी रियालिटी शो ल्याउँदै

काठमाडौ – हास्य कलाकार जीतु नेपालले फेरि कमेडी रियालिटी शो ल्याउने भएका छन् ।

केही समय अगाडि एक पत्रकार सम्मेलन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गरेका उनले नयाँ शो ल्याउन लागेका हुन् ।

शोको तयारी अन्तिम चरणमा पुगेको जीतुले बताए ।अब छिट्टै मेरो नयाँ कमेडी रियालिटी शो आउँदैछ’ उनले भने ‘प्रसारका लागि केही टेलिभिजनसँग कुराकानी भइरहेको छ ।

टेलिभिजन फाइनल हुने बित्तिकै आउँछ ।’ यो पटक शोमा सहकार्यका लागि कलाकार तथा निर्देशक दिनेश डिसीसँग पनि कुरा भइरहेको उनले सुनाए ।

About The Author

अन्य समाचारहरु: