Sat. Jul 27th, 2024

बागमती प्रदेशसभा बैठक आज १ बजे बस्दै

काठमाडौं– बागमती प्रदेशको नवौं अधिवेशनको सातौं बैठक आज दिउँसो १ बजे बस्दै छ। यसअघि कात्तिक २२ गते प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको विश्वासको मत प्राप्त गरेपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन।

बागमती प्रदेशसभाको बैठकअघि कार्य परामर्श समितिको बैठकसमेत बस्दै छ। संसद् सञ्चालनका लागि आवश्यक छलफल तथा सदनका कार्यसूची तयार पार्न सभामुख सानुकुमार श्रेष्ठले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्। परामर्श समितिको बैठक ११ः३० बजे बस्दैछ।

बागमतीमा एमालेका ४३ सांसद छन्। नेकपा एकीकृत समाजवादी पार्टीका १३ जना, नेकपा माओवादी केन्द्रको २३ जना, नेपाली कांग्रेसको २२ जना, विवेकशील साझाको ३ जना, नेमकिपाको २ जना, राप्रपाको २ जना र जसपाको एक जना सांसद् रहेका छन्।

About The Author

Loading...

अन्य समाचारहरु: