Sat. Jul 27th, 2024

सुनको भाउ तोलाको ७ सयले बढ्यो

काठमाडौ – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ७०० रुपैंयाले बढेर छापावाल सुन ९३ हजार ३०० पुगेको छ।

हिजो ९२ हजार ६०० मा किनबेच भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ८०० कायम भएको छ।

तेजाबी सुन मूल्य हिजो प्रतितोला ९२ हजार १०० थियो। त्यस्तै चाँदीको मूल्य आज १५ रुपैयाले बढेर एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ।

About The Author

Loading...

अन्य समाचारहरु: