Sat. Jul 27th, 2024

कांग्रेस धादिङको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण

धादिङ– नेपाली कांग्रेस धादिङको नवनिर्वाचित कार्यसमितिले आजबाट कार्यभार सम्हालेका छन् ।

सभापति रमेश धमलाको निवर्तमान समितिले नवनिर्मित सभापति रामनाथ अधिकारीको नेतृत्वलाई पदहस्तान्तरण गरेको हो ।

नेपाली काग्रेस धादिङको १४औं अधिवेशनबाट  विजयी सदस्यहरूलाई  शुभकामना दिँदै निवर्तमान सभापति धमलाले यो निर्वाचनमा हार जित भयो भनेर कोहि पनि दु:खी नहुन आग्रह गरे ।

नवनिर्वाचित सभापति अधिकारीले अब नेपाली काङ्ग्रेसलाई अझ सशक्त बनाएर लैजाने बताए । नेपाली काङ्ग्रेस भित्र रहेको गुटबन्दीको पनि अन्त्य गरेर जाने उनको भनाई छ ।

About The Author

Loading...

अन्य समाचारहरु: