Sat. Jul 27th, 2024

अब कक्षा १ देखि नै लेटर गेड्रिङ

काठमाडौ – सरकारले यसै शैक्षिक सत्रदेखि विद्यालय तहमा कक्षा १ देखि नै लेटर ग्रेडिङ (अक्षराङ्कन) विधि कार्यालयमा ल्याउने भएको छ ।

मन्त्रालयले तयार पारेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वीकृत गरेका छन् ।

अब कक्षा १ देखि १२ सम्म एउटै विधि अर्थात लेटर ग्रेडिङ विधिबाट विद्यार्थीहरुको मूल्याकंन हुने मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले जानकारी दिए । यसअघि एसईई, कक्षा ११ र १२ मा मात्र लेटर ग्रेडिङ पद्धतिबाट विद्यार्थीहरुको मूल्यांकन गरिन्थ्यो भने अरु कक्षमा अंकबाटै मूल्यांकन गर्ने प्रणाली थियो ।

निर्देशिकाअनुसार न्यूनतम ३५ प्रतिशत (१.६ जीपीए) अर्थात् विषयगतमा डी ग्रेड हासिल भए मात्र विद्यार्थीहरु माथिल्लो कक्षामा जानेछन् । १.६ जीपीए भन्दा कम प्राप्ताङ्क आएमा विद्यार्थी अनुत्तीर्ण रहेको स्वतः जनाउनेछ ।

विद्यालय स्तरको सिकाइ उपलब्धिको मापन गर्न प्राप्तांक स्तरलाई आठ वटा अक्षरगत स्तरमा सूचित गरिएको छ ।

अब कक्षा १ देखि नै विद्यार्थीको मूल्यांकन गर्दा सर्वोत्तम (ए प्लस), अत्युत्तम (ए), उत्कृष्ट (बी प्लस), उत्तम (बी), सन्तोषजनक (सी प्लस), ग्राह्य (सी), आधारभूत (डी) र अवर्गीकृत (एनजी) उल्लेख हुनेछ

About The Author

Loading...

अन्य समाचारहरु: