
काठमाडौ – बालबालिकालाई स्कुलमै र अन्य समूहलाई डोर टू डोरु रणनीति अनुसार खोप लगाउने मन्त्रालयको तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड बढी कोरोनाविरूद्धको खोप थन्किएर बसेपछि तत्काल थप खोप नल्याउने रणनीति बनाएको छ।
मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार भएका खोप सकिएपछि मात्र थप खोप आयात गर्ने मन्त्रालयको योजना रहेको छ।
हामीसँग स्टोरमा भएका खोपहरू चाँडै नै सक्ने गरी योजना बनाएका छौं। अब थप खोप तत्काल नल्याउने रणनीति छ ।
उनले आउनुपर्ने धेरै खोपहरू आइसकेको भन्दै अब सन् २०२२ फेब्रुअरीपछिको खोपहरू मात्र पाइपलाइनमा रहेको बताए।
यसबीचमा तत्काल अरू खोप नआउने भन्दै यो डेढ महिनाभित्र खोप लगाइसक्ने मन्त्रालयको तयारी रहेको उनले बताए।
अहिले टेकुस्थित स्वास्थ्य सेवा विभागको सेन्ट्रल भ्याक्सिन स्टोरु मा मात्र झण्डै ७८ लाख खोप थन्किएर बसेको छ। अब तत्काल थप खोपहरू आए भण्डारण गर्ने क्षमता नरहेको खोप शाखाका प्रमुख डाक्टर सागर दाहाल बताउँछन्।
उनले भने, अब कसरी राख्नेरु स्टोरको क्षमताले पुग्दैन। त्यसैले अब अरू खोप लिँदैनौ। खपत भएपछि मात्र लिन्छौं।
विभागका अनुसार अहिले एक करोड १८ लाख खोप सेन्ट्रल भ्याक्सिन स्टोरु र प्रदेशस्तर भ्याक्सिन स्टोरु हरूमा थन्किएर बसेको छ। तर मन्त्रालयले योजना अनुसार खोप अभियानलाई थप बढाउन सके अहिले भएका खोपलाई डेढ महिनाभित्र लगाइसक्न सम्भव छ।
किनकि, अहिले दैनिक लगभग २ लाख ५० हजार जना मानिसमा खोप लगाइराखिएको छ। यहीँ हिसाबले निरन्तर खोप लगाउन सके दुई महिनाभित्र अहिले थन्किएको खोप लगाइसक्ने देखिन्छ।