Sat. Jul 27th, 2024

यू–१९ एसिया कप कुवेतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौ – यूएईमा भइरहेको एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले समूह चरणको अन्तिम खेलमा कुवेतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

दुबईको आईसीसी एकेडेमीमा हुने खेलमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । यसअघिका दुई खेलमा पनि टस हारेको नेपालले दोस्रो इनिङ्समा ब्याटिङ गरेको थियो ।

समूह ‘बी’मा रहेको नेपाल बंगलादेश र श्रीलंकासँग पराजित हुँदै यसअघि नै समूह चरणबाट बाहिरिसकेको छ । कुवेत पनि लगातार दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको छ ।

कुवेत विरुद्ध जित हात पार्दै नेपाल प्रतियोगितामा सुदख अन्त्य गर्ने योजनामा छ ।

पहिलो खेलमा बंगालदेशसँग १५४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा श्रीलंकाविरुद्ध ३२३ रनको लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट ब्याटिङ गरेपनि २६२ रन मात्र बनाएपछि ६० रनले पराजित भएको थियो ।

उता कुवेत भने श्रीलंकासँग २७४ र बंगलादेशसँग २२७ रनले पराजित भएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: