Sat. Jul 27th, 2024

चिसोको उच्च सतर्कता अपनाउन धादिङ प्रशासनको आग्रह

धादिङ– हिमपात तथा चिसोबाट जोगिन जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रका स्थानीयलाई अनुरोध गरेको छ ।

उत्तरमा हिमपात हुने तथा दक्षिणी महाभारत लेक क्षेत्रमा अत्याधिक चिसो बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

‘हिमपात तथा अत्याधिक चिसोको कारण स्थानीय जनजीवनमा उत्पन्न हुन सक्ने कस्टकर अवस्थामा उच्च सतर्कता अपनाउन स्थानीयवासीहरुमा अनुरोध गर्दछु’ प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले बिज्ञप्तीमार्फत भनेका छन् ।

बुधबारदेखि धादिङको उत्तरी क्षेत्रमा हिमपात तथा दक्षिणी महाभारत लेक क्षेत्रमा अत्याधिक चिसो बढेको छ ।

यसअघि जिल्ला विपद् व्यवस्थापन समितिको बृहत बैठकमा सहभागी स्थानीय तहका प्रमुखहरु, नेपाल रेडक्रस सोसाइटी, धादिङ, सरकारी तथा गैरसरकारी संस्था लगायतका जिम्मेवार सरोकारवालाहरुले विपदकालिन अवस्थाबाट स्थानीय बासिन्दाहरु तथा तिनका पशुपक्षी जिविकोपार्जनसँग प्रत्यक्ष जोडिएका श्रोत साधनहरुको उद्धार तथा संरक्षण गर्न आ-आफ्नो तर्फबाट प्रतिबद्धता जाहेर गरेका थिए ।

चिसोका कारण मानव जीवनमा जोखिम बढाएकाले तत्काल राहत र उचित प्रबन्ध गर्न सबै पालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिइसकेको छ ।

मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेर हिमपात तथा शितलहरबाट जोखिममा परेकाहरूका लागि सहयोग गर्न भनेको हो । परिपत्रमा चिसो मौसममा असहाय तथा विपन्न, जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी लगायतका व्यक्तिहरूको सुरक्षाको आवश्यकताअनुसार खाद्यन्न तथा लत्ताकपडा वितरण गर्न, दाउरा तथा कम्बलकाे भण्डारण गर्न तथा वितरण गर्न भनिएको छ ।  

About The Author

Loading...

अन्य समाचारहरु: