Wed. Apr 23rd, 2025

एम.एड. चौथो सेमेष्टरको सहयोगी पुस्तक प्रकाशन

धादिङ– एम.एड. चौथो सेमेष्टरको पाठ्यक्रममा आधारित सहयोगी पुस्तक ‘समसामयिक शैक्षिक मुद्दाहरु (Ed.541)’ प्रकाशन भएको छ ।

लामो समयदेखि शिक्षण कार्यमा संलग्न रहँदै आएका धादिङका सुरेश अर्यालले सहयोगी पुस्तक लेखेका हुन्। एम.एड. तहकै ‘शिक्षा र विकास’ का साथै ‘अन्डरग्र्याजुएट्स तहमा गणित शिक्षण’ नामक पुस्तकहरु प्रकाशन गरिसकेका अर्यालको यो तेस्रो पुस्तक हो।

सेमेष्टरको पाठ्यक्रममा आधारित रहेर तयार पारिएको पुस्तकले शिक्षक सेवा तयारीमा लागेकाहरुलाई समेत उपयोगी हुने अर्यालले बताए।
विभिन्न तहमा शिक्षाशास्त्र संकाय अन्तर्गत अध्ययन अध्यापन गर्ने विद्यार्थी, शिक्षकलगायत शिक्षक सेवाको प्रा.वि., नि.मा.वि. तथा मा.वि.तहको तयारीमा लाग्नेहरुकालाई समेत पुस्तक सहयोगी बन्ने अर्यालले बताए।

‘समसामयिक शैक्षिक मुद्दाहरु (Ed.541)’ नामको पुस्तक काठमाडौ किर्तिपुरस्थित दिक्षान्त प्रकाशनले छापेको हो।

About The Author

अन्य समाचारहरु: