Sun. Feb 9th, 2025

हिउँमा फुलेको रुबिभ्यालीको त्यो खुसी (फोटोकथा)

शंकर श्रेष्ठ
धादिङ-
हरेक चुचुरामा हिउँ छ । घरमा छानोहरु पनि सेताम्मे छन् । बारीमा लगाइएका बालीका पातमा फुलेका हिउँले दृश्य झनै मनमोहक बनाएको छ ।

आहा: आफ्नै घरको आँगनमा हिउँ खेल्न कति रमाइलो । हुरीले उडाएको सिमली भुवाजस्तै हिउँ मान्छेका टाउको र शरीरमा बुर्बुर्ती खस्दा झन् रमाइलो । प्राकृतिक सुन्दरताले भरिपुर्ण रुबिभ्यालीका वस्तीहरु हिजोआज हिउँले अझै सुन्दर देखिएका छन् ।

बाला र वृद्ध चिसोले गर्दा हिडडुल गर्न सक्दैनन् । नरनारीलाई दाउराघाँस र वस्तुभाउकै चिन्ता छ । तर, युवापुस्तामा भने हिउँको खुसी थामिसक्नु छैन । हिउँ खेल्न पाउँदा उनीहरुलाई चिसोको कुनै प्रवाह छैन ।
तस्बिरहरु : ओममाया तामाङ/समाया तामाङ

About The Author

अन्य समाचारहरु: