Fri. Mar 29th, 2024

आज पनि हुस्सु र कुहिरो, फेरी हिमपातको सम्भावना

धादिङ– शुक्रबार बिहान देशभर आंशिक बदली रहि  धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखामा अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ।

दिउँसो देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ। गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार दिउँसो देशभर आंशिक बदली रहनेछ। गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

About The Author

Loading...

अन्य समाचारहरु: