Fri. Mar 29th, 2024

गजुरीलाई विपद् उद्धार सामाग्री हस्तान्तरण

धादिङ– गजुरी गाउँपालिकालाई विपद्को बेला आवश्यक पर्ने खोज तथा उद्धारका सामाग्री उपलब्ध गराइएको छ ।

एक्सन नेपाल र डिसिएद्धारा संचालित विपद् प्रतिकार्य तथा जोखिम न्युनिकरण परियोजना अन्तर्गत खोज तथा उद्धारमा प्रयोग हुने स्टेचर, डोरी, घिर्नी, टेन्टलगायतका सामाग्री उपलब्ध गराएको हो । गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतलाई सामाग्री हस्तान्तरण गर्दे एक्सन नेपालका निमित्त कार्यकारी निर्देशक कमलराज ढुंगानाले विपद आइपरेको बेला जुनसुकै ठाउँमा पनि सामाग्री प्रयोग गर्न सकिने बताए ।

गजुरी गाउँपालिकाभित्र विशेषगरी पहिरोको जोखिम बढी भएको र आवश्यक पर्दा अन्य पालिकाले पनि गजुरी गाउँपालिकासँग सम्मन्वय गरेर सामाग्ी प्रयोग गर्न सकिने एक्सन नेपालका कार्यक्रम संयोजक रञ्जन पौडेलले बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: