Thu. May 15th, 2025

थुनछेक बहसका लागि पल शाहलाई नवलपुर लगियो

तनहुँ, – नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहलाई नवलपुर लगिएको छ ।

तनहुँ कारागारबाट थुनछेक बहसका लागि नवलपुर लगेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए ।

मंगलबार विहान ७ बजे पछाडी कारागारको टोलीले उनलाई नवलपुर लगेको हो ।

नवलपुर अदालतले बयान र थुनछेक बहसका लागि उपस्थित गराउन पत्राचार गरेपछि पठाएको उनको भनाइ छ ।

‘अदालतको प्रक्रियाअनुसार थुनछेक बहस सकिएपछि फेरी तनहुँ कारागार ल्याइनेछ’, उनले भने ।

नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले शाहलाई तनहुँबाट झिकाइएको पुष्टि गरे ।

उनले भने, ‘केहीबेर अगाडि आउनुभएको छ ।आजै बयान लिएर सकियो भने थुनछेक बहस सुरु हुन्छ ।’

क्षेत्रीका अनुसार गोला थुतेर कसको इजालसमा पर्छ भन्ने पनि टुंगो लागिसकेको छैन ।

‘गोला थुतेर कसको इजालसमा पर्छ । त्यसपछि इजालस अधिकृतले बयान लिएर सकेपछि थुनछेक बहस सुरु हुनेछ’, उनले भने ।

३ चैतमा सरकारी वकिलको कार्यालय नवलपुरले अदालतमा मुद्दा दायर गरेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: