Thu. May 15th, 2025

ए मेरो हजुर ४ ले साढे २ करोडभन्दा माथि कारोबार

काठमाडौंः बिहीबार प्रदर्शनमा आएको नेपाली फिल्म मेरो हजुर ४ ले साढे २ करोडभन्दा माथि कारोबार गरेको छ। नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको फिल्मले शुरुका ४ दिनमा साढे २ करोडको आँकडा पार गरेको हो।

बहुप्रतीक्षित कन्नड फिल्म ‘केजिएफ च्याप्टर २’ सँग प्रदर्शन मिति जुधेका कारण फिल्मले व्यावसायिक सफलता हात पार्नेमा धेरैले आशंका गरेका थिए। तर तुलनात्मक रुपमा कम शो पाएको फिल्मले पहिलो दिन नै ८८ लाखभन्दा माथिको कारोबार गर्न सफल भएको थियो। फिल्मले दोस्रो दिन ६६ र तेस्रो दिन ८९ गरी ३ दिनमा २ दशमलव ४३ करोडको कारोबार गरेको थियो।

आइतबारको बक्स अफिस कलेक्सन भने सार्वजनिक भइसकेको छैन। फिल्मले आइतबार साढे २ करोडको आँकडा पार गर्दै ३ करोडको नजिक पुगेको निर्माण टोलीले जनाएको छ। यही रफ्तारमा जाने हो भने फिल्मले पहिलो हप्तामा नै लगानी सुरक्षित गरेर नाफामा जाने देखिएको छ। निर्माण टोलीका अनुसार फिल्मको बजेट साढे २ देखि ३ करोड रहेको छ।

सफल फिल्म सिरिजको चौथो फिल्म ए मेरो हजुर ४ु लाई प्रतीक्षित मानिएको थियो। फिल्मले प्रदर्शन मिति तोकिसकेपछि केजिएफ च्याप्टर २ुले पनि सोही मितिमा आउने घोषणा गरेको थियो। ठूलो बजेटमा बनेको बहुप्रतीक्षित फिल्मसँग जुध्ने निश्चित भएपछि पनि निर्माता सुनिलकुमार थापा भने तोकिएकै मितिमा फिल्म प्रदर्शन गर्नेमा दृढ देखिएका थिए।

झरना थापाको निर्देशन तथा सुनिलकुमार थापाको निर्माणमा बनेको रोमान्टिक फिल्ममा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा देखिएका छन्।

About The Author

अन्य समाचारहरु: