Sat. Jul 27th, 2024

‘ए मेरो हजुर ४’ ले एक सातामा ४ करोडको आम्दानी

काठमाडौ – झरना थापाले निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर ४’ बिहीबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ। वैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्मले पहिलो साता ४ करोड १ लाख रुपैयाँ कमाइ गरेको छ।

वितरक गोविन्द शाहीका अनुसार फिल्मले पहिलो सातामा ४ करोड १ लाख कमाएको हो। ‘अहिले पनि ए मेरो हजुर ४ को शो राम्रो गइरहेको छ। दोस्रो सातामा प्रवेश गर्दा फिल्मको शो अझै बढेको छ। फिल्मले पहिलो साता ४ करोड १ लाख कमाएको छ’, उनले भने।

बिहीबार निर्माण समूहले फिल्मको एक हप्ते कमाइ रिपोर्टको एक पोस्टर समेत सार्वजनिक गरेका छन्। फिल्मले पहिलो दिन ८८ लाख, दोस्रो दिन ६६ लाख, तेस्रो दिन ८९ लाख, चौथो दिन ४५ लाख, पाँचौं दिन ४१ लाख, छैटौं दिन ३६ लाख र सातौं दिन ३६ लाख कमाइ गरेको छ।

सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतमलगायत कलाकारहरूको अभिनय छ।

फिल्मको कथा निर्देशक झरना थापाले लेखेकी हुन्। भने पटकथा र संवाद लेखनमा उनलाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन्।

About The Author

Loading...

अन्य समाचारहरु: