Sat. Jul 27th, 2024

भारतमा कोरोना संक्रमण बढ्दै

एजेन्सी – भारतमा कोरोनाबाट २ हजार ५ सय ४१ जना सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा ३० जनाको मृत्यु पनि भएको छ।

अघिल्लो दिन भने २ हजार ५ सय ९३ जना सङ्क्रमित भएका थिए। भारतमा अहिलेसम्म कुल ४ करोड ३० लाख ६० हजार ८६ जना कोरोना सङ्क्रमित भएका छन्।

संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले १६ हजार ५ सय २२ जना सङ्क्रमित अवस्थामै रहेको जनाएको छ।

नयाँ सङ्क्रमितमध्ये १ हजार ८३ जना नयाँ दिल्ली प्रदेशका मात्रै रहेका छन्। यो सङ्ख्या नयाँ कुल सङ्क्रमितको करिब आधा हो।

About The Author

Loading...

अन्य समाचारहरु: