Fri. Mar 29th, 2024

देश समृद्ध बनाउने प्रतिवद्धतामा कांग्रेसले कसैसँग सम्झौता गर्दैन : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउन आह्वान गरेका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले सवल स्थानीय सरकार र समुन्नत गाउँ, नगर स्थापनाका लागि कांग्रेसलाई मतदान गर्न आग्रह गरेका हुन् ।

स्थानीय तह निर्वाचन आउन तीन दिन बाँकी रहँदा देउवाले मंगलबार अपिल जारी गर्दै कांग्रेसलाई मतदान गर्न आग्रह गरेका हुन् । उनले भने, ‘नेपाली कांग्रेस जे भन्छ, त्यो पूरा गर्छ, मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा पार्दैन भन्ने प्रमाणित गरेको छ ।

सन्तुलित विदेश नीतिका कारण अन्तर्राष्ट्रिय समुदाय माझ भरोसा र विश्वास बढेको छ । संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी परियोजना पारित भएसँगै पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय सहयोग र लगानीका थप सम्भावनाका ढोका खुलेका छन् । भ्रष्टाचारलाई निरुत्साहित गर्दै सु–शासनका पक्षमा उल्लेखनीय काम भइरहेका छन् ।

पहिलो स्थानीय तह निर्वाचनकै बेलादेखि सिंहदरवारबाट शासन र विकास निर्माणका काम तराई–मधेशदेखि हिमाल–पहाडका गाउँ नगरसम्म पुर्‍याउने अभियानमा कांग्रेस लाग्दै आएको बताए । देउवाले भने,ुस्थानीय तहमा उपलब्ध अवसर एवं स्रोत साधनको अधिकतम परिचालन गर्दै संघ र प्रदेशको समन्यायिक सहयोग र समन्वयमा विशेष गरी युवा पुस्ताको सिर्जनशीलता, उद्यमशीलता, रोजगारी र आय आर्जनका माध्यमबाट आर्थिक समुन्नति हाँसिल गर्नेतर्फ नेपाली कांग्रेस क्रियाशील हुनेछ ।

स्थानीय तहलाई कानुनतः सबल र समृद्ध बनाउने प्रतिवद्धता पूरा गर्न नेपाली कांग्रेस कसैसँग सम्झौता गर्दैन । तर, नीति निर्माण र कानुन बनाउने थलो संसदलाई बन्धक बनाएर राख्ने अराजनीतिक र अलोकतान्त्रिक क्रियाकलाप नै यसका बाधक छन् भन्ने प्रष्टै छ ।

अत्यन्त कठीन साधना र समर्पणको फलस्वरुप प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको यो महान अभियानमा निर्भिकता साथ सहभागी भई मतदान गर्न आह्वान गरे

About The Author

Loading...

अन्य समाचारहरु: