Sat. Jul 27th, 2024

ज्वालामुखीमा अध्यक्ष पदका प्रतिप्रर्धीद्धारा एउटै स्थलबाट मतदान

धादिङ– ज्वालामुदी गाउँपालिका अध्यक्षका दुई उम्मेदवारले एउटै मतदान स्थलबाट मतदान गरेका छन् ।

गठबन्धनको तर्फबाट यमनाथ दनै र एमालेको तर्फबाट हरिराम लोहनीले एउटै मतदान स्थलबाट मतदान गरेका छन् । ज्वालामुखी–७ को स्थानापती आधारभुत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

ज्वालामुखी गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकिकृत समाजवादीबीचको गठबन्धनसँग नेकपा एमाले एक्लै छ । जिल्लाको १३ पालिका मध्य एउटै मतदान स्थलबाट अध्यक्ष पदका प्रतिपर्धी उम्मेदवारले मतदान गरेको यो एक मात्र पालिका हो ।

धादिङ जिल्ला प्रतिनिधिसभा सदस्य खेम प्रसाद लोहनीले पनि यसै मतदान स्थलबाट मतदान गरेका छन् । संविधानसभा सदस्य गुरु प्रसाद बुर्लाकोटीले पनि ज्वालामुखीकै सालबास मतदान केन्द्रबाट मतदान गरेका छन् ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकाराम जमरकट्टेलले गजुरी गाउँपालिका–७ को मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिनिधिसभा सदस्य भुमी त्रिपाठीले बेनिघाट रोराङ–३ को रिचोकटार मतदान केन्द्र, प्रदेशसभा सांसद जगत सिंखडाले त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ को मतदानकेन्द्रबाट, प्रदेशसभा सांसद डा. रामकुमार अधिकारीले नीलकण्ठ गाउँपालिका – १४ को मतदान केन्द्रबाट मतदान गरेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: