Sat. Jul 27th, 2024

खनियाबास, वेनिघाट र धुनिवेसीमा धमाधम मतगणना हुंदै

धादिङ- खनियास गाउँपालिकामा साडे ११ बजेबाट मतदान सुरु भएको छ । बिहान ८ बजे सर्वदलीय बैठक बसेर मतगणना आचारसंहिता बनाएपछि गणना सुरु गरेको हो ।

खनियाबासमा राप्रपा, नेकपा एमाले र गठबन्धनबाट नेपाली कांग्रेसबीच प्रतिस्पर्धा छ । पाँच वटा वडा रहेको खनियाबासमा ५ हजार ७ सय ८६ मतदाता छन् । प्रतिशत मत खसेको छ । यो गांउँपालिकामा संख्यात्मक हिसाबले थोरै मतदाता भएको पालिका हो ।

त्यस्तै वेनिघाट रोराङ गाउँपालिकामा पनि मतगणना सुरु भएको छ । यो पालिकामा २१ हजार ३ सय २१ मतदाता छन् । ७५.८१ प्रतिशत मत खरेको छ ।

पृथ्वीराजमार्ग जोडिएको र चेपाङ समुदायको उल्लेख्य बसोबास भएको वेनिघाट रोराङमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा छ ।
धुनिवेसी नगरपालिकाले पनि वडा नम्बर एकबाट मतगणना सुरु गरेको छ । २६ हजार ५ सय २७ मतदाता रहेकोमा ७३.५७ प्रतिशत मत खरेको छ । यो नगरपालिकामा पनि गठबन्धनका उम्मेदवारसँग एमाले एक्लै छ ।

About The Author

Loading...

अन्य समाचारहरु: