Sat. Jul 27th, 2024

ज्वालामुखी-१मा एमालेका गिरी विजयी, पालिकामा गठबन्धन बिग्रीएको संकेत

धादिङ– ज्वालामुखी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका कृष्ण गिरी ५ सय १ मत सहित विजयी भएका छन् ।

प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका उम्मेदवार ईश्वर आले मगरले ४ सय ९४ पाएका छन् ।

पालिका अध्यक्षमा भने गठबन्धनबाट कांग्रसका उम्मेदवार यमनाथ दनै अगाडि छन् । हालसम्म दनैले १ हजर ६५ मत पाएका छन् भने एमालेका हरेराम लोहनीले सुर्य ७ सय १४ पाएका छन् ।

त्यस्तै पालिका उपाध्यक्षमा गठबन्धन तर्फबाट नेकपा एकीकृत सवाजवादीका उम्मेदवार धर्म बहादुर अर्याल ७ सय २६ मत सहित अगाडि छन् । एमालेका चन्द्र कुमारी अधिकारी ५ सय २ र नेकपा माओवादीका लक्ष्मी थापा मगरले ५ सय ७० प्राप्त गरेका छन् ।

उपाध्यक्षमा तीनै जनाको मतान्तर उस्ताउस्तै देखिएकोले गठबन्धन भत्किएको संकेत बुझिन्छ । ज्वालामुखी गाउँपालिकाको मत परिणम आउने क्रम जारी छ ।

About The Author

Loading...

अन्य समाचारहरु: