Sat. Jul 27th, 2024

गंगाजमुना गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी


धादिङ : धादिङको गंगाजमुना गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भक्त बहादुर लामा विजयी भएका छन् । उनले छ हजार दुइ सय ६२ मत प्राप्त गरी पालिका अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले भक्तबहादुर लामिछानेले चार हजार ५० मत प्राप्त गरेका छन् ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका रामेश्वर सिंखडाले पाँच हजार ३८ मत ल्याइ विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी एञ्जिला तामाङले चार हजार एक सय ९६ मत प्राप्त गरेकी छिन् ।

गंगाजमुना गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा माओवादी केन्द्रका बहादुर तामाङ, वडा नम्बर २ मा नेपाली कांग्रेसका बलबहादुर तामाङ, वडा नम्बर ३ मा नेपाली कांग्रेसका राजकुमार गुरुङ, वडा नम्बर ४ मा नेकपा एमालेका प्रेम घले, वडा नम्बर ५ मा माओवादी केन्द्रका कुमार बहादुर अधिकारी, वडा नम्बर ६ मा नेकपा एमालेका रमेश ढकाल र वडा नम्बर ७ मा एकीकृत समाजवादीका रविन अधिकारी विजयी भएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: