Sat. Jul 27th, 2024

आजबाट नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु

धादिङ – आजबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु भएको छ।

२०७४ को स्थानीय तह निर्वाचनमा मनोनित जनप्रतिनिधिहरूको कार्यकाल बिहीवार रातिबाट सकिएसँगै नयाँ जनप्रतिनिधिहरूको कार्यकाल शुक्रबारबाट सुरु भएको हो।

धादिङको सबै पालिका र वडाले जनप्रतिनिधि पाइसकेको छ । धादिङमा २ नगरपालिका र ११ गाउँपालिकामा १ सय ४ वडा रहेका छन् ।

नयाँ कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को मतगणना कार्य देशका केही स्थानमा नसकिए पनि आजबाट नै जनप्रतिनिधिहरूको कार्यकाल सुरु भएको मानिने छ।

तर मत गणना नसकिएका स्थानीय तह भने आजबाट जनप्रतिनिधिविहीन हुनेछन् ।

देशभर ७५३ पालिकामा मेयर-अध्यक्ष ७५३ तथा उपमेयर-उपाध्यक्ष गरी ७५३ जना, ६ हजार ७४३ वडाध्यक्ष, ६ हजार ७४३ महिला सदस्य, ६ हजार ७४३ दलित महिला सदस्य र १३ हजार ४८६ जना खुला वडा सदस्य गरी ३५ हजार २२१ जना जनप्रतिनिधि रहने व्यवस्था छ।

देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडा रहेका छन्।

About The Author

Loading...

अन्य समाचारहरु: