
नेपाली सेनाको आयोजनामा मुस्ताङको जोमसोममा ‘प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय हाई अल्टिच्युड ट्राई एडभेन्चर प्रतियोगिता २०७९’ सुरु भएको छ।
प्रधानसेनापति प्रभुराम शर्माले प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगितामा स्वदेश तथा विदेशका गरी २३ टिम सहभागी छन् ।
प्रतियोगिताअन्तर्गत क्लाइम्बिङ, रनिङ र साइक्लिङमा खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। खेलाडीले प्रतियोगितामा २० दशमलव २ किमि दूरी पार गर्नुपर्छ।
पुरुषतर्फ विजेता हुने पहिलो टिमलाई ट्रफीसहित ३ हजार, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः २ र १ हजार डलर प्रदान गरिने प्रमुख सेनानी उज्ज्वल केसीले जानकारी दिए।
त्यस्तै, महिलातर्फ प्रथम हुने टिमलाई ट्रफीसहित नगद १ लाख, दोस्रो हुनेलाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।