Sat. Jul 27th, 2024

नेपाली यु–२० राष्ट्रिय टिमको प्रशिक्षकमा मेघराज केसी

काठमाडौ – केसी नेपालको यु– २० राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त भएका छन्।
उनलाई एन्फा प्राविधिक समितिको सिफारिसमा प्रशिक्षक नियुक्त गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

पछिल्लो समय उनी सातदोबाटो युथ क्लबका प्रशिक्षक थिए।

एन्फासँगको कुराकानीमा उनले आफू भारतमा हुने साफ यु२० च्याम्पियनसिपमा केन्द्रित हुने बताए।

साफ यु–२० च्याम्पियनसिप जुलाई २५ देखि अगस्ट ३ सम्म भारतमा हुँदैछ।

साफ यू– २० मा नेपालले पहिलो खेल माल्दिभ्ससँग जुलाई २५ मा खेल्नेछ। यस्तै दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र भारतसँग जुलाई ३१ मा प्रतिस्पर्धा गर्नेछ। अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग हुनेछ।

नेपालले एएफसी यु–२० एसियन कप छनोट पनि खेल्दैछ। छनोटमा नेपालको समूहमा कतार, बहराइन, बंगलादेश र भुटान छन्।

यो प्रतियोगिता सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुनेछ।

छनोटमा नेपालले पहिलो खेल भुटानसँग सेप्टेम्बर १० मा खेल्नेछ। कतारसँग सेप्टेम्बर १२, बहराइनसँग सेप्टेम्बर १४ र बंगलादेशसँग सेप्टेम्बर १८ मा प्रतिस्पर्धा हुनेछ।

यु–२० को राष्ट्रिय टिमका लागि जुन ४ देखि ७ सम्म एन्फा कम्प्लेक्समा छनोट हुँदैछ।

About The Author

Loading...

अन्य समाचारहरु: