Fri. Apr 19th, 2024

माओवादीलाई हल्का रूपमा नलिन प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसलाई प्रचण्डको चेतावनी

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादीलाई हल्का रूपमा नलिन प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसलाई चेतावनी दिएका छन्।
माओवादीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने क्रममा अध्यक्ष प्रचण्डले विगतमा एमालेमा देखिएको अहंकार कांग्रेसमा पनि देखिन थालेको टिप्पणी गरेका छन्।

मिहेनत गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइए पनि अहिले कांग्रेसमा देखिएको अहंकारले चिन्तित बनाएको उनले उल्लेख गरेका छन्।
उनले भने, ‘हिजो एमालेमा देखिएको अहंकारजस्तै अहिले कांग्रेसमा पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ। मिहेनत गरेर नै प्रधानमन्त्री बनाएको हो। तर, अहिले चिन्तित छौं।’

उनले कांग्रेसमा पनि एमालेजस्तै दम्भ र अहंकार चुलिएर आउने हो कि भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले चेतावनी दिँदै भने, ‘कांग्रेस पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर आउने हो कि भनेर चिन्तित छौं। ‘एमालेलाई ठेगाना लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआओस् भन्न चाहन्छु।’

About The Author

Loading...

अन्य समाचारहरु: