Sat. Jul 27th, 2024

क्रिकेटका ८ पूर्वाधारलाई साढे ४७ करोड बजेट

काठमाडौं – युवा तथा खेलकुद मन्त्रालयले आगामी आर्थिक वर्षमा क्रिकेट खेलका ८ वटा पूर्वाधारका लागि ४७ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

१५ जेठमा अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको बजेटमा खेलकुदका लागि ३ अर्ब २५ करोड २५ लाख बजेट विनियोजन गरिएको थियो ।

त्यसमध्ये पूर्वाधार निर्माणतर्फ ८७ करोड ६६ लाख रुपैयाँ छुट्याइएको छ । जसमा क्रिकेट खेलका पूर्वाधारले साढे ४७ करोड पाएका हुन् ।

सबैभन्दा धेरै रकम चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले पाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: