Sat. Jul 27th, 2024

आजदेखि १२ – १७ वर्ष उमेर समूहलाई ‘बुस्टर डोज’

काठमाडौँ — सरकारले १२ देखि १७ वर्ष उमेर समूहलाई कोभिड(१९ विरुद्धको ‘बुस्टर डोज’ ९अतिरिक्त० दिने भएको छ । पूर्ण मात्रा खोप लिएर ३ महिना नाघेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई सरकारले शुक्रवारदेखि बुस्टर डोज लगाउने निर्णय गरेको हो ।

सरकारी तथ्याङ्कअनुसार मुलुकमा यो उमेर समूहमा ३४ लाख २५ हजार ४ सय ८ जना छन् । १२ देखि १७ वर्ष उमेर समूहलाई गत वर्ष पुस ४ गतेदेखि कोभिडविरुद्धको खोप दिन थालिएको हो ।

‘१२ वर्षदेखि १७ वर्ष उमेर समूहका कोभिडविरुद्धको पूर्ण मात्रा खोप लिएर तीन महिना भइसकेकाहरूलाई बुस्टर डोज लगाउन सुरु गर्न देशभरिको स्वास्थ्य निकायलाई बिहीबार हामीले परिपत्र गरेका छौं ।

हाल चलिरहेकै खोप अभियानमा बुस्टर डोज कार्यक्रम समावेश गरेर शुक्रबारबाटै खोप दिन सुरु हुनेछ,’ स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दहालले भने, ‘बुस्टर लगाउन योग्य बालबालिकालाई फाइजर वा मोडर्नाको खोप दिइने छ ।’

बुस्टरको रुपमा किशोरकिशोरीलाई मोडर्ना खोपको ०।२५ एमएल मात्रा वा फाइजर खोपको ०।३ एमएल मात्रा दिने सरकारको तयारी छ । हालसम्म मुलुकमा १२ वर्ष र सोभन्दा माथि उमेर समूहका जनसंख्यामध्ये २१.६८ प्रतिशत अर्थात् ५० लाख ५८ हजार ९ सय ६५ जनाले कोभिडको अतिरिक्त मात्रा खोप लिएका छन् ।

दहालका अनुसार सरकारले तोकेको मापदण्डमा पर्ने सबैले अनिवार्य रुपमा बुस्टर डोज अर्थात् अतिरिक्त मात्रा खोप लिनुपर्छ ।

१२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीले पहिलो दुई मात्रामा जुनसुकै खोप लिएको भए पनि बुस्टर डोजमा ‘एम(आरएनए’ प्रविधिमा आधारित मोडर्ना वा फाइजर खोप लिन सक्ने दहाल बताउँछन् ।

About The Author

Loading...

अन्य समाचारहरु: