Sat. Jul 27th, 2024

नेपाल ओमनसंग १३ रनले पराजित

काठमाडौं – अमेरिकामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ।​

टेक्ससस्थित मोसा क्रिकेट मैदानमा शुक्रबार बिहान सकिएको खेलमानेपाल ओमानसँग १३ रनले पराजित भएको हो। ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९८ रनमा समेटियो।

नेपालका लागि आरिफ शेखले ६६ रनको अर्धशतकीय इनिङ खेले। देव खनालले ३४ तथा रोहित पौडेलले २० र दिपेन्द्र सिंह ऐरीले १६ रन जोडे।

त्यस्तै विनोद भण्डारीले १४, सोमपाल कामीले १३, डेब्यु खेलाडी सुनिल धमलाले १२, करण केसीले ८ रन जोडे। ओपनर सुवास खकुरेलले ३ तथा कप्तान सन्दीप लामिछाने २ रनमा आउट हुँदा सुशन भारी शून्य रनमा अविजित रहे।

ओमानका जिसन मक्सुद र खबर अलीले ३र३ विकेट लिए। बिलाल खानले २ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन जोडेको थियो। नेपालका अलराउन्डर करण केसीले पाँच विकेट लिए पनि टिमलाई जिताउन सकेनन्।

उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच विकेट लिने तेस्रो नेपाली खेलाडी बने। करणले १० ओभरमा ३८ रन दिएर पाँच विकेट लिएका हुन्। कप्तान सन्दीप लामिछानेले दुई र सोमपाल कामीले एक विकेट लिए।

हारसँगै नेपाल १३ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ। ओमान ३३ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

अब नेपालले दोस्रो खेलमा अमेरिकाविरुद्ध शनिबार खेल्नेछ। नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ।

About The Author

Loading...

अन्य समाचारहरु: