Fri. Mar 29th, 2024

नेपाल इन्डोनेसियासँग ७ – ० गोल अन्तरले पराजित

काठमाडौं – एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ७-० गोल अन्तरले पराजित भएको छ। ​

कुबेतको जाबिर अल अहमद स्टेडियममा इन्डोनेसियाविरुद्ध पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप पाँच गोल व्यहोरेको थियो।

खेलको छैटौं मिनेटमा मुहमद दिमास द्रजाडले गोल गर्दै इन्डोनेसियालाई सुरुआती अग्रता दिलाएका थिए। ३३ औं मिनेटमा डिफेन्डर सुमन अर्यालले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा नेपाल १० खेलाडीमा समेटिएको थियो।

खेलको ४३ औं मिनेटमा वितान सुलेमानले गोल गर्दै इन्डोनेसियालाई २-० को अग्रता दिलाए। ५४ औं मिनेटमा आर्यन्टोले गोल गर्दै इन्डोनेसियालाई ३-० को अग्रता दिलाए।

लगत्तै ५५ औं मिनेटमा साद्दिल रामदानीले गोल गर्दै टोलीको अग्रता ४-० को बनाए। खेलको ८० औं मिनेटमा एल्कन बाग्गोटले गोल गर्दै इन्डोनेसियाको अग्रता ५-० पुग्यो। खेलको ८१ औं मिनेटमा सुलेमानले व्यक्तिगत दोस्रो गोल गर्दै इन्डोनेसियालाई ६-० को अग्रता दिलाए।

त्यसपछि खेलको इन्जुरी समयमा मार्सेलिनो फेर्डिनानले गोल गर्दै इन्डोनेसियालाई ७-० को जित दिलाए।

About The Author

Loading...

अन्य समाचारहरु: