Sat. Jul 27th, 2024

भन्सार छलीमा राजश्वले समातेको मल किसानले लुटे (भिडियोसहित)

धादिङ– भन्सार छली गरेको आशंकामा राजश्व विभागले नियन्त्रणमा लिएको रासायनिक मल धादिङ धार्केका किसानले लुटेर लिएका छन् ।

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको धुनिबेसी नगरपालिका वडा नं. ६ धार्केमा किसानहरुले दुई वटा ट्रक कब्जा गरेर रासायनिक मल लुटेका हुन् ।

ट्रकले मल ल्याउदै गरेको थाहा पाएका किसानले धार्केमा जम्मा भएर बा ६ ख ८२०९ र बा ६ ख ८२१० नम्बरको ट्रकलाई कब्जा गरेर एकाएक मलका बोरा लगेका हुन् । स्थानीयहरु आफै ट्रकमा चढेर मलका बोरा बोकेर लगेका थिए ।

ट्रकमा आएका शसस्त्र प्रहरीले किसानको भीडलाई थेक्न सकेनन् । चार सयको हाराहारीमा जम्मा भएका किसानहरु, स्थानिय र यात्रामा निस्किएकाहरुको भिड थेगिनसक्नुको थियो । पछि खानीखोला प्रहरी चौकीको टोलीले भीड नियन्त्रणमा लिएको थियो ।

रासायनिक मलको अभावले छट्पटीका किसान मल आउने  थाहा पाएपछी ट्रक कुरेर बसेका थिए ।

किसानहरुका अनुसार व्यापारीहरुले भारतबाट भन्सार छलि गरेर ल्याइएको मल राजस्व विभागले नियन्त्रणमा लिएपछि व्यापारी नै आफू बच्न किसानलाई मल आउदै गरेको सूचना दिएको हो ।

मलको अभाव भोगिरहेका करिव ४ सय जना किसान सडकमा देखिएको स्थानीयले बताएका छन् । व्यापारीहरुले भन्सार छलि गर्दै धादिङका स्थानिय बजारमा  कालोबजारी गर्दै मल बेच्दै आएको आरोप लाग्ने गरेको छ ।

शसस्त्रको टोलीले शुक्रबार बेलुका नै कुरिनटारमा ट्रक नियन्त्रणमा लिएको खुलेको छ । जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरीक्षक (डिएसपी) जागेश्वर भन्डारीका अनुसार मल राजस्व अनुसन्धान बिभागले समातेको र त्यही मल शनिबार किसानले लुटेको हो ।

मल बोकेर आएको ट्रकमा धादिङबेसीस्थित दुवाडी एग्रोभेटको नाम लेखिएको छ । एग्रोभेटका संचालक बोधनाथ दुवाडीसंग प्रतिक्रिया लिंदा आफुलाई त्यो मल कहाँबाट लोड भयो र कस्ले ल्यायो भन्ने जानकारी नरहेको बताए । ट्रक चालकको मोबाइल  प्रहरी नियन्त्रणमा रहेको र चालकसंग दोहोरो कुराकानी समेत गर्न नपाएकोले घटनाबारे आफू स्पस्ट नरहेको बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: