Sat. Jul 27th, 2024

प्रेसमैत्री संविधान बनाउन पत्रकार महासंघद्धारा सभामुखलाई ज्ञापन पत्र

gyapan patra
धादिङ – नयाँ संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको माग गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले सभामुखलाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीको नेतुत्वमा गएको टोलीले आइतबार धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मार्फत संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई ज्ञापनपत्र बुझाएको हो ।

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको परिपत्र अनुसार बुझाइएको ज्ञापनपत्रमा अभिव्यक्ति स्वतन्त्रता र आमसञ्चारको हकसम्बन्धी व्यवस्थामा स्वतन्त्रता र आमसञ्चारको हकसम्बन्धी व्यवस्थामा महासंघले विषय विज्ञसँगको छलफल समेतका आधारमा तय गरेका टिप्पणी र सुझावहरू हुबहु स्वीकार गरी नयाँ संविधानलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री बनाउन माग गरिएको छ ।

महासङघले नयाँ संविधानको मस्यौदामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङकुचन र आँच पु¥याउने बुदाँहरु हटाउन र सञ्चारमैत्री संविधान बनाउन दिएको माग गरेको छ ।  कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका कार्यसमिति सदस्य, सदस्यहरु, जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: