Sat. Jul 27th, 2024

फोटो पत्रकारबीच फुटसल प्रतियोगितामा धादिङ उपविजेता

काठमाडौ– राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५ औं बार्षिक उपलक्ष्यमा आयोजना गरिएको फुटसल प्रतियोगितमा हाम्रो फुटसल पत्रकार टिम धादिङ उपविजता बनेको छ ।

स्वस्तीश्री गुरुकुल विद्यालय सानो भर्याङ स्वयम्भूमा भएको खेलमा १२ वटा टिम सहभागी थिए । नकआउट चरणमा भएको खेलको पहिलो चरणमा गोलाप्रथाबाट १२ टीम विच प्रतिस्प्रधा भएको थियो । उक्त कार्यक्रममा वरिष्ठपत्रकार ऋषि धमलाको टिम, सिलापत्र, गोरखापत्र, रासस, हाम्रो जन्मभूमि, नियात्रा टिभि रेडियो पर्यावरण ,फोटोपत्रकार सघ धादिङ लगायत हाम्रो फूटसल टिम, गुरुङ पत्रकार सघ लगायतका टिमहरु सहाभागीता रहेको थियो ।

त्यसैगरि दोस्रो चरणमा जितेर आएको ६ वटा टीम खेलेका थिए । सेमी फाइलनमा धादिङ फोटोपत्रकार समूह टीम र एटजोन गुरुङ पत्रकार टिम विच खेल भएको थियो भने हाम्रो फुटसल पत्रकार टिमले वाइ पाएर सिधै फाइनलमा पुगेको थियो । सेमिफाइनलमा एटजोनलाई हराएर आएको धादिङ टीमलाई २ का विरुद्ध ४ गोल अन्तरले हराउँदै हाम्रो फुटसल पत्रकार टीमले उपाधि हात पारको थियो ।

१५ मिनेटको खेलमा हाम्रो फुटसल टीमका बासु अवाल र आसिश पुडासैनीले २, २ गोल गरेका थिए । म्यान अफदी म्याच बासु अवालले पाएका थिए । उत्कृष्ट गोलकिपर धादिङ फोटो पत्रकार सघंका श्रीकष्ण भण्डारीले पाउन सफल भए ।

About The Author

Loading...

अन्य समाचारहरु: