Fri. Feb 14th, 2025

नेपालका लागि निर्णायक हुनेछ स्कटल्याण्ड श्रृंखला

काठमाडौं – क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक श्रृंखला खेल्न स्कटल्याण्ड पुगेको नेपालले भोलि सोमबार नामिबियासँग खेल्ने छ । र, सिरिजको चौथो तथा अन्तिम खेल १ साउनमा घरेलु टोली स्कटल्याण्डसँग खेल्नेछ ।

नेपाल यो चारमध्ये तीन खेल जितेर विश्वकप ग्लोवल क्वालिफायर्समा पुग्ने सम्भावना जिवितै राख्न चाहन्छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीबाट एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएका सात ७ वटा एसोसिएट देशबीच प्रतिस्पर्धाको स्तर उकास्ने उद्देश्यबाट सन् २०१९ मा लिग टूको सुरुवात भएको हो ।

तीन वर्ष अवधिको हरेक टोलीले एक अर्कासँग गरी ३६ खेल खेल्ने छ र शीर्ष तीन टोली २०२४ मा हुने विश्वकपमको छनोटमा पर्नेछ ।

तर कोरोना महामारीका कारण लिग टूका श्रखलाहरु प्रभावित भयो । त्यसमा पनि नेपाल धेरै प्रभावित भयो ।

About The Author

अन्य समाचारहरु: